कपन सिमलटारस्थित भिनाजुकाे काेठामा मृत फेला परिन् साली

काठमाडौं । काठमाडाैं, बझाङ र सर्लाहीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-१२ कपन सिमलटार बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएकी ३५ वर्षीया लक्ष्मी बिक बुधबार दिउँसो मृत अवस्थामा फेला परकी छन् । सोही ठाउँ बस्ने ४५ वर्षीय लालबहादुर सुनारको साली नाता पर्ने लक्ष्मी सिमलटारस्थित सुनारको कोठामा मृत फेला परेकी हुन् ।

यस्तै सर्लाहीकाे धनकौल गाउँपालिका-२ बस्ने शम्भु रायको उखु बारीमा हाल नाम, थर, वतन नखुलेको करिब ३५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

उता बझाङ, मष्टा गाउँपालिका-२ सिकाला बस्ने बिजुली कामीकी १३ वर्षीया छोरी सम्झना कामी सोही ठाउँस्थित आफ्नै गाईगोठबाट करिब २ सय मिटर टाढा शिमदेवताको मन्दिरभित्र बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

गाइगोठमा घाँस लिएर गएकी उनी उक्त ठाउँमा मृत फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया