आज असोज ७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज ०७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–सप्तमी,४८ घडी २० पला,रातको ०१ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–ज्येष्ठा,४६ घडी २० पला,रातको १२ बजेर २५ मिनेट उप्रान्त मूल । योग– प्रिती,०७ घडी १२ पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त आयुष्मान । करण– गर,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान ३० घडी ११ पला ।

आजको बार बेला ।
बिहान ५ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ५४ मिनेटदेखी बिहान ७ बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर २४ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २५ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २६ मिनेटदेखी बिहान ११ बजेर ५५ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ५६ मिनेटदेखी दिउसो १ बजेर २६ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर २७ मिनेटदेखी दिउसो २ बजेर ५६ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ५७ मिनेटदेखी बेलुकी ४ बजेर २७ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २८ मिनेटदेखी बेलुकी ७ बजेर २७ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो ०१ बजेर २५ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पहिले गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागि धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । समयले बिभिन्न चुनौति निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने खतरा रहेकोछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । आफन्त तथा चेलिहरुसँग विवाद बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अभिभावक वर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरि प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेकोछ । घरगृहस्थीमा आफन्त तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्न,धातु तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्र्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवा जनताको काम गरि पद प्राप्त गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने बाध्यता आउनेछ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा नाँफा कमाउन तथा लगानी बढाउन केहि समय पर्खर्नु होला । समय अनुकुल नहुनाले केहि राम्रा अवसरहरु त्याग्नु पर्नेछ । उधारोमा व्यापार वा कारोबार नगर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टपूर्ण नहोला भन्न सकिन्न । गलत व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । फजुल खर्च बढ्नेछ भने रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेकोछ । पछाडि कुरा काट्ने तथा शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ हुन सक्छ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । व्यापार व्यावसायबाट आम्दानि हुने हुनाले थप लगानि गर्न आट आउनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया