नयाँ कमेडि सिरियल ‘अड्डा’ कमेडि प्लस टेलिभिजनमा

काठमाडौं । दर्शकहरुको रुचि अनुसार डिशहोमले सुरुगरेको हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुने भएको छ ।

विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन । भण्डारीका अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि । अड्डा केही फरक प्रस्तुति लिएर आएको छ ।

डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा  ‘अड्डा’ हेर्न सकिनेछ ।

प्रतिक्रिया