अनुरागको बयान : ‘ममाथि लगाइएका आरोपहरू गलत र दोषपूर्ण छन्’

एजेन्सी । अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन शोषणको आरोप लगाएदेखि नै मानिसहरू निर्देशकमाथि खनिइरहेका छन् ।

अनुरागले स्पष्ट पारेका छन्–‘ममाथि लगाइएका यी सबै आरोपहरु आधारहीन छन् ।’ उनले प्रेसनोट जारी गरेर अर्को कडा कदम चालेका छन् । यो कथन अनुरागका वकिल प्रियंका खेमानीद्वारा जारी गरिएको छ ।

अनुरागले सोशल मिडियामा लेखेका छन् : ‘मेरो वकिल प्रियांका खेमानीले मेरो बयान लिएका छन् ।’ यस कथनका अनुसार प्रियंकाले अनुरागको पक्ष लिएका छन् ।

प्रियांका भन्छन्– ‘उनका ग्राहकमाथि यौन दुर्व्यवहारको गलत आरोपले चोट पुर्‍यायो । यी सबै आरोपहरू गलत, दोषपूर्ण छन् । यो दुःखको कुरा हो । मीटू जस्ता सामाजिक आन्दोलनको दुरुपयोग र कसैलाई दुर्व्यवहार गर्ने उपकरणको रूपमा दुरुपयोग गरिएको छ ।’

प्रतिक्रिया