आज असोज ५ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,०४ घडी १३ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–विशाखा,५२ घडी ४८ पला,रातको ०२ बजेर ५९ मिनेट उप्रान्त अनुराधा । योग–वैधृति,२१ घडी ३९ पला,दिउसो ०२ बजेर ३१ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त बव,बेलुकी ०६ बजेर २३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–तुला,बेलुकी ०९ बजेर २२ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान ३० घडी १९ पला । विश्व शान्ति दिवस ।

आजको बार बेला ।
बिहान ५ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
बिहान ५ बजेर ५३ मिनेटदेखी बिहान ७ बजेर २३ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर २४ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २५ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर २६ मिनेटदेखी बिहान ११ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ११ बजेर ५७ मिनेटदेखी दिउसो १ बजेर २७ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर २८ मिनेटदेखी दिउसो २ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
दिउसो २ बजेर ५९ मिनेटदेखी बेलुकी ४ बजेर २९ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ३० मिनेटदेखी बेलुकी ७ बजेर २९ मिनेटसम्म चर बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ७ बजेर २२ मिनेटदेखी बिहान ०८ बजेर ५३ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगति हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानिबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथ–सहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानि गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको लागि समय उत्तम रहेकोछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अध्यापनमा समय थोरै हुँदा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर परिवारमा आवस्यक्ताहरु टार्न नसकिने हुनाले परिवारमा सदस्य हरुसँग मनमटाब बढ्नेछ । ईच्छित चाहना हरु पुरा गर्न निकै समय खर्चनु पर्नेछ भने स्वास्थ्यमा साना तिना समस्याहरु आउनेछन् । माया प्रेममा अबिस्वास बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाज सेवामा काम गरि पद प्राप्तीको योग रहेको छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अरुनै कामको प्रेसरले प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्त बीच राय बाजिनेछ । अत्यावश्यक काम बाहेक यात्रा नगर्नु नै उचित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने कुटुम्ब र अग्रजसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । बन्दव्यापारमा फाइदा छ । छोटो तथा लामो दुरिको यात्राको योग रहेकोछ भने विदेशी लगानिबाट सञ्चालीत सस्थामा काम पाउने सम्भावना रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया