थप ९६६ जना डिस्चार्ज हुँदा १ एक हजार ३२५ जनामा कोरोना पुष्टि, १० जनाकाे मृत्यु

काठमाडौं । आज (आइतबार) ९६६ जना डिस्चार्ज हुँदा १ एक हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरे ।

आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । संक्रमितमध्ये ४६ हजार २३३ जना डिस्चार्ज भइसकेका छन् । क्वारेन्टिनमा ७ हजार ४५१ जना छन् ।

१७ हजार ४७८ सक्रिय संक्रमितको उपचार चलिरहेको छ । ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लाे २४ घण्टामा मात्रै १० जनाकाे मृत्यु भएकाे प्रवक्ता गाैतमले जानकारी दिए । याेसँगै मृतक संख्या ४११ पुगेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा नै थप ९ हजार ५८४ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।

प्रतिक्रिया