कोरोना संक्रमणबाट पहिलाे पटक सैनिककाे मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट नेपाली सेनामा कार्यरत एक सैनिककाे मृत्यु भएकाे छ ।

काेराेना संक्रमणबाट सैनिककाे मृत्यु भएकाे याे पहिलाे घटना हाे । रामेछाप घर भएका उनी काठमाडाैंमा सेवारत थिए । उनकाे भदाै २९ गते मृत्यु भएकाे थियाे । मृत्युपछि असाेज १ गते भएकाे परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकाे हाे ।

नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा संक्रमण पुष्ट भएकाे नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये ४०१ जनालाई निको भइसकेको छ । हाल एक हजार ६५४ सक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया