सुशान्त सिंह राजपूतको फिल्म बन्दै, यी कलाकारहरूले निभाउँदै चरित्र

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूत यस संसारबाट बिदा भएकाे लामो समय भइसक्यो ।

आजसम्म पनि यो रहस्य खुल्न भने सकेको छैन । सुशान्त सिंह राजपूतले वास्तवमा आत्महत्या गरेका थिए कि उनको हत्या गरिएको थियो । एकातिर देशका तीन ठूला अन्वेषण एजेन्सीहरू सीबीआई, एनसीबी र ईडी लामो समयदेखि यस रहस्यको पर्दाफाश गर्न व्यस्त छन्, भने अर्कोतर्फ सुशान्तको कथामा आधारित फिल्म बन्ने घोषणा भएको छ ।

सुशान्त सिंह राजपूत आत्महत्या केसबाट प्रेरित यो फिल्म सर्ला सारागोई र राहुल शर्माले निर्माण गर्दैछन् । दिलीप गुलाटीले यस फिल्मको निर्देशन गर्ने भएका छन् भने, अभिनेता जुबैर खान सुशान्त सिंह राजपूत बनेर खेल्ने भएका छन् ।

फिल्ममा श्रेया शुक्लाले रिया चक्रवर्तीको भूमिका निभाउँने भएकी छिन । श्रेयाले यसअघिक वेब शृंखलामा काम गरेकी थिइन् ।

दिशा सलियनको भूमिकाका लागि बिग बस फेम अभिनेत्री सोमी खानलाई चयन गरिएको छ । शक्ति कपूरले यस फिल्ममा सीबीआई अफिसरको भूमिका निभाउँदै छन । फिल्मका बाँकी पात्रहरूका लागि अरुण बक्शीले सुशान्तका बुबाको भूमिका खेल्ने छन् भने, अमन वर्माले ईडी अफिसरको भूमिका खेल्ने भएका छन् ।

त्यस्तै प्रख्यात कलाकार असरानी र सुधा चन्द्रन पनि यस फिल्मको महत्वपूर्ण भूमिका खेल्ने भएका छन् ।

प्रतिक्रिया