श्रीमान् छाेडेर रूखसँग बिवाह गरेकी महिलाले यसरी मनाइन् पहिलो वर्षगाँठ

एजेन्सी । रूखसँग विवाह गरेकी एक महिलाले पहिलाे वर्षगाँठ मनाएकी छिन् । उनले जंगलमा गएर वृक्षपतिलाई अंकमाल गरी एनिभर्सरी मनाएकी हुन् । उनीसँग उनका दुईजना साथी पनि एनिभर्सरी मनाउने कार्यक्रममा पुगेका थिए ।

उनले आफ्नो रुख पतिलाई एनिभर्सरी उपहारको रुपमा परम्परागत कागज उपहार दिइन् । त्यहाँ उनीहरुले एल्डर फ्लावरको स्याम्पेन फोडेर एनिभर्सरी मनाएका थिए ।

एल्डर जातको रुखसँग बिहे गरेर आफ्नो थरसमेत परिवर्तन गरेकी केट कनिंघमले आफू र वृक्षपतिबीचको प्रेम निकै गहिरो भएको र कहिल्यै पनि डिभोर्स नहुने दाबी समेत गरेकी छिन् । उनी कहिलेकाहीँ आफ्नो पति रुखलाई भेट्नका लागि हप्तामा पाँच पटकसम्म जंगलमा जाने गरेकी छिन् ।

बेलायतको सेफ्टनस्थित रिमरोज भ्याली काउन्टी पार्कमा रहेको एक रुखसँग उनले गत वर्षको सेप्टेम्बरमा बिहे गरेकी थिइन् ।  उनकाे घरमा श्रीमान् र  दुई छाेराछाेरी छन् ।

प्रतिक्रिया