सार्वजनिक यातायात खुलेपछि काठमाडौं आउन र फर्किन पिसिआर रिपोर्ट चाहिन्छ ? यस्तो छ प्रशासनको तयारी

काठमाडौं । करिब ७ महिना लामो बन्दपछि निषेधाज्ञा खुकुलो हुँदै अब असोज १ गतेदेखि देशैभर यातायात खुल्ने भएको छ ।यसभन्दा अघि काठमाडौं उपत्यका आउन चाहनेले कोरोना नलागेको भनेर प्रमाणका लागि भए पनि पिसिआर रिपोर्ट चाहिने भनिएको थियो ।

तर अब सरकारले असोज १ गतेदेखि देशैभर अन्तरजिल्ला यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । कोरोनाको कारण भएको बन्दमा नै काठमाडौं उपत्यकाबाट धेरै सर्वसाधारणहरु आफ्नो गाउँ गएका थिए । तर निरन्तरको बन्दको कारण उनीहरु काठमाडौं आउन चाहे पनि आउन सकेका थिएनन् ।

अब सरकारले यातायात खोल्ने निर्णय गरेसँगै उपत्यका बाहिर भएकाहरु काठमाडौं उपत्यकामा आउने तयारी थालेका छन् । नजिकिँदै आएको दशैं मनाउनको लागि पनि केही पैसा कामाउनका लागि काठमाडौं आउन चाहेका छन् ।

७ महिनाको बन्दको कारण कमाएको पैसा पनि खर्च गरेर सकिएको कारण व्यापार, उद्योग र रोजगारीको लागि सर्वसाधारणहरु काठमाडौं उपत्यका आउन लागेका हुन । ७ महिना लामो बन्दको कारण धेरैले रोजगारी गुमाएर गाउँ गएर बसेका छन् ।

अन्रजिल्ला यातायास सञ्चालन भएपछि विस्तारै कलकारखाना र उद्योगधन्दाहरु सञ्चालन हुनेछन् । त्यही उद्योगधन्दा र कलकारखानामा काम गर्नेहरु नै उपत्यकामा आउने तयारी गरिरहेका छन् ।

विद्यालय र कलेजहरु सञ्चालन हुने हो भने काठमाडौंमा उपत्यका आउनेहरुको चाप वृद्धि हुने छ । एक शैक्षिक सत्र नै के हुने हो भनेर सबैलाई चिन्ता छ । सरकारले विदेश पढ्न जानेहरुका लागि केआइसी खुल्ला गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी जीवन प्रसाद दुलालले ३१ गतेसम्म काठमाडौं आउनलाई पास नै चाहिने बताए । उनले भने ‘अर्को महिनादेखि सरकारले के नियम ल्याउँछ त्यहि नै हुन्छ । अहिलेसम्म हामीलाई कुनै त्यस्तो निर्णय आएको छैन । सरकारले जे निर्णय गर्छ, त्यही नै हुन्छ ।’

सरकारले काठमाडौं उपत्यका छिर्ने नाकामा कडाइ गरेको छ । अधिकारी दुललाका अनुसार यो महिनाभरि भने उपत्यका छिर्नको लागि पास नै चाहिन्छ ।

प्रतिक्रिया