आइसोलेसनमा बसेकी काेराेना संक्रमित महिलाले जन्माइन् शिशु

ओखलढुङ्गा । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना संक्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् ।

कोरोेना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार संक्रमण पुष्टि भएपनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ । ‘कोरोना सङ्क्रमण देखिएकी महिलाबाट शिशुको जन्म भएको छ’, उनले भने, ‘सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।’

शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उनको भनाइ छ । अस्पतालले संक्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन । अस्पतालले कोरोनाको संक्रमण बढ्दै गएपछि संक्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ । संक्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले संक्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया