१० किलो लागूऔषध अफिमसहित २ जना पक्राउ

बाँके । राप्तीसोनारी गाउँपालिका–१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागूऔषध अफिम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही नगरपालिका–१५ बस्ने ५३ वर्षीय धन बहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका छन् ।

उक्त स्थानमा अवैध रुपमा लागूऔषध अफिमको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको अफिम सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया