आइतबार एकैदिन थपिए १ हजार ३९ संक्रमित

काठमाडौं । आज (आइतबार) एकैदिन देशभर १ हजार ३९ संक्रमित थपिएका छन् भने एक हजार १७३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

याेसँगै कुल संक्रमितकाे संख्या ५४ हजार १५९ पुगेकाे छ । संक्रमितमध्ये ३८ हजार ६९७ जना डिस्चार्ज भइसकेका छन् ।

क्वारेन्टिनमा ६ हजारर ५३६ रहेका छन् । सक्रिय संक्रमितकाे संख्या १५ हजार ११७ रहेकाे छ । जसमध्ये ७ हजार ३८७ हाेम आइसोलेसनमा छन् । पछिल्लाे २४ घण्टामा पीसीआर ९ हजार १६५ जनाकाे परीक्षण भएकाे प्रवक्ता गाैतमले जानकारी दिए ।

त्यस्तै १६९ आइसीयुमा छन् भने भेन्टिलेटरमा २३ जना छन् ।

 

 

प्रतिक्रिया