जब काठमाडौंको सडकमा मध्यराती जहाज गुड्यो…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाली सेनाकाे पुरानाे जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिने भएकाे छ ।

हिजाे शनिबार राति उक्त एनए–२० एभ्रो जहाज एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, शहीदगेट, जमल हुँदै नारायणहिटी दरबार पुर्याइएकाे हाे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा सो जहाजलाई त्यहाँ लगिएकाे हाे । याेसँगै अब उक्त जहाज सर्वसाधारणले हेर्न पाउनेछन् ।

०३१ सालमा तत्कालिन राजा वीरेन्द्रले राज्याभिषेकका बेलामा उक्त जहाज प्रयोग गरेका थिए ।

प्रतिक्रिया