काठमाडौं कोरोना अपडेट : ४३१ संक्रमित थपिए, ५ जना बिते

काठमाडौं । काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लाका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै आज देशभर मृत्यु हुनेको संख्या ११ छ । गत २४ घण्टामा थप १,२०१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया