गत २४ घण्टामा थप १४ जनाको मृत्यु, जिल्लागत विवरण हेर्नुस् !

काठमाडौं । गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार (आज) दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो ।
योसँग नेपालभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्यका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै गत २४ घण्टामा थप १,२०१ जनामा संक्रमण पुष्टि भएको छ भने ८५२ जना डिस्चार्ज भएका छन् ।

श्रोतःस्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबूक पेज।
प्रतिक्रिया