१,२०१ जना नयाँ संक्रमित थपिँदा ८५२ जना डिस्चार्ज भए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा थप १२ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घण्टामा डिस्चार्ज हुने संख्या ८५२ जना रहेका छन् । संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

यो संख्या ७०.६ प्रतिशत हो ।

प्रतिक्रिया