कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका-४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि थियो ।

सो दिनदेखि उनको प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया