काठमाडौंमा अहिलेसम्मकै उच्च संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ६९६ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । याेसँगै संक्रमित संख्या भक्तपुरमा ८५२, काठमाडाैंमा ८ हजार १०६ र ललितपुरमा १ हजार ५४ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै देशभर १४५४ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया