काठमाडौंमा अहिलेसम्मकै उच्च संक्रमित थपिए
२०७७ भदौ २६ गते

काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ६९६ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । याेसँगै संक्रमित संख्या भक्तपुरमा ८५२, काठमाडाैंमा ८ हजार १०६ र ललितपुरमा १ हजार ५४ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टामा मात्रै देशभर १४५४ संक्रमित थपिएका छन् ।
२०७७ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित









