यातायात मन्त्री पनि यातायात सञ्चालन गर्न दिने पक्षमा, १ गतेदेखि देशैभर सञ्चालन होला त ?

काठमाडौं । यातायात मन्त्री पनि व्यक्तिगत रुपमा गाडी चलाउन दिनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले यातायता मजदुर नेताहरुसँगको भेटमा सो कुरा बताएका हुन ।

मजदुर नेताहरुसँगको भेटमा मन्त्रीले भने ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अरु निकाय पनि छन् । तर म तपाईहरुको कुरा प्रधानमन्त्रीसम्म पु¥याउँछु ।’

मजदुर नेताहरुलाई मन्त्री नेम्वाङले पनि कि काम गर्न देऊ, नभए माम देऊ भन्ने माग जायज भएको तर, सरकार राहत दिनसक्ने अवस्थामा नभएको बताएका छन् ।

यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया