डिएफएसकेले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी, यस्ता छन् विशेषता

काठमाडौं । कुजु नेपालले इन्डोनेसियाको प्रख्यात डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० पनि बिक्री गर्न लागेको छ ।

विगत एक वर्षमा ग्राहकले डिएसएफकेको उत्पादनलाई रुचाएपछि कुजु नेपाललाई नयाँ नयाँ मोडलका एसयूभी नेपाल ल्याउन प्रेरित गरेको बताइएको छ । ‘कोभिड १९ को कारण केही ढिला बिक्री सुरु हुन लागेको ग्लोरी ५६० नयाँ वर्षको अवसरमा बिक्री सुरु गर्ने लक्ष्य रहेको थियो । भोलिका दिनमा अझै उत्कृष्ट एसयूभी ल्याएर ग्राहकको मन जित्न हामी लालयित छौं ।’ कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले भने ।

नेपाली अटोमोवाइल बजार निकै सानो र पछिल्ला दिनमा सरकारको नीति, असहज बैंकिङ प्रक्रियाका वावजुद कम्पनीले पहिलो वर्ष सफलरुपमा पार गरेको र डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सफल भएको बताइएको छ ।

यस्तो छ ग्लोरी ५६० का विशेषता

ग्लोरी ५६० को लम्बाई ४५१.५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ ।

ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।

सुरक्षा फिचरको कुरा गर्दा ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, अर्लाम सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर पाउन सकिन्छ ।

इन्टेरियर र फिचरको कुरा गर्दा ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट/टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।

वारेन्टीमा कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गरेको छ । मूल्यको हिसाबले ग्लोरी ५६० एसयूभीको मुल्य ५७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया