असोज १ देखि देशैभर सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा

काठमाडौं । यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले कोरोना नियन्त्रण गर्न भन्दै सार्वजनिक यातायात संचालनलाई रोक गरेका बेला व्यवसायीले देशैभर यातायत सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले यातायात खुलाउन सहजीकरण नगरे पनि विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले आज यातायात व्यवस्था विभागलाई कि विकल्प दिनुस्, कि यातायात आगामी १ गतेबाट सञ्चालन गर्छाै भनेर जानकारी गराएको बताए ।

उनले भने ‘७ महिना लामो बन्दबन्दी यातायात व्यवसायीले धाने अब भोकै हुने अवस्था आए पछि हामीले सञ्चालन गछौं भनेका होैं । सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन पनि भनिएको छ,’ राईले भने ।

गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । यसबीचमा मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिए।

प्रतिक्रिया