आज भाद्र २४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल भाद्र २४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,३९ घडी ५७ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,०७ घडी ३० पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग–हर्षण,२८ घडी ०० पला,बेलुकी ०४ बजेर ५८ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बेलुकी ०९ बजेर ०४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०७ पला । सप्तमी श्राद्ध। महालक्ष्मी व्रत समाप्ति।

आजको बार बेला ।
बिहान ५ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ४७ मिनेटदेखी बिहान ७ बजेर २० मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर २१ मिनेटदेखी बिहान ८ बजेर ५३ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५४ मिनेटदेखी बिहान १० बजेर २७ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २८ मिनेटदेखी मध्यान्ह १२ बजेर ०० मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ०१ मिनेटदेखी दिउसो १ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ३४ मिनेटदेखी दिउसो ३ बजेर ०७ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ०८ मिनेटदेखी साझ ४ बजेर ४० मिनेटसम्म लाभ बेला ।
साझ ४ बजेर ४१ मिनेटदेखी बेलुकी ७ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।
नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
मध्यान्ह १२ बजेर ०० मिनेटदेखी दिउसो ०१ बजेर ३३ मिनेटसम्म रहने ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आज गरिने काममा बाधा तथा अवरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागि समय मध्ययम रहेकोछ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । नियमित खर्चसमेत बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधनको प्रयोग गर्दा वा बाटो काट्दा ध्यान दिनुहोला । यात्रा भरसक स्थगित गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपूर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिस्पर्धी परास्त हुनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईँकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा एक कदम अगाडि बढि अरुलाई किनारा लगाउन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ । राजनीति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिशिष्ट तथा उच्च पदस्थ व्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । पे्रम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागि राम्रो रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउने समय रहेकोछ । तरपनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । जीवन साथिको असहयोगले कामहरु थाति रहनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तबाट समहोग पाईने हुनाले मन प्रशन्न हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइ अरु दिन भन्दा सुध्रियर जानेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईँलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्तसँग यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अभिभावक,विशिष्ट व्याक्ति तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादनमुखी काम गर्न सकिनेछ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसाय सुरु गर्नको लागी समय मध्ययम रहेकोछ । राजनीति तथा सामाजिक क्षेत्रमा मान सम्मान तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया