‘योगदान राष्ट्रका लागि’ को आयोजनामा अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस मनाइँदै

काठमाडौं । ‘योगदान राष्ट्रका लागि’ अभियानले विशेष कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस मनाउने भएको छ । भदौ २७ गते शनिबार दिउँसो ४ बजे राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको साथमा ‘जुम बैठक’ विशेष छलफल कार्यक्रम गरी मनाउन लागिएको अभियानका अध्यक्ष ओम उप्रेतीले जानकारी दिए ।

सामाजिक अभियान्ता उप्रेतीका अनुसार कार्यक्रमकाे प्रमुख अतिथीका रूपमा अभिनेता निखिल उप्रेती, अभिनेत्री करिश्मा मानन्धर, हाँस्य कलाकार निर्मल शर्मा, जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र समिर र सामाजिक अभियान्ता उप्रेती रहनेछन् ।

यस्तै उनले साेही दिन विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको चिरशान्ती, संक्रमितहरूकाे स्वास्थ्य लाभ, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकाे याेगदानकाे उच्च सम्मानमा साँझ ७ः३० बजे घर-घरबाट देशव्यापी रुपमा दिप प्रज्वलन कार्यक्रम पनि राखिएको बताए ।

उक्त कार्यक्रममा सहभागी हुन उनले सम्पूर्णमा आग्रह समेत गरेका छन् । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण ‘योगदान राष्ट्रका लागि’ को फेसबुक पेजबाट गरिने पनि जानकारी दिइएको छ ।

‘योगदान राष्ट्रका लागि’ अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने,  दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने गरिन्छ ।

यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानकाे मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =