घर र गाडी किन्ने ऋणीलाई राष्ट्र बैंकको राहात

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्ने ऋणीहरुलाई राहात पुगने गरि निर्देशन दिएको छ । अब एक वर्ष भन्दा बढी अवधीको ऋण लिएर घर तथा गाडी किन्ने ऋणीहरुको ब्याजदर घटबढ नहुने भएको छ । राष्ट्र बैंकले स्थिर ब्याजदरमा घर कर्जा तथा गाडी कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुका लागि बाध्यात्मक व्यवस्था गरिदिएको छ ।

घर कर्जा र सवारी कर्जामा ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गरिएको छ । ‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्नु पर्ने छ । यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पनि सकिनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *