शिक्षामन्त्री भन्छन्- विद्यालयलाई काेराेना संक्रमण केन्द्र बन्न दिइन्न

नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

आज (मंगलबार) नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित एक भर्चुअल कार्यक्रममा सहभागिता  जनाउँदै मन्त्री पाेखरेलले यस्ताे बताएका हुन् । यस्तै उनले विद्यालयलाई कोरोना संक्रमणकाे केन्द्र बन्न नदिने पनि बताए ।

उनले भने, ‘अहिले पनि संक्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर संक्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन । हाम्रा स्वास्थ्य स्रोत साधन कम छ ।’

वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक रहेकाे भन्दै मन्त्री पोखरेलले विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था नरहेकाे बताए । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प नरहेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =