‘कोरोना भनेर मात्रै भएन, सुरक्षित रहेर काम गरौं’

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञाबारे पुर्नविचार गर्न आग्रह गरेको छ । निषेधाज्ञा थप्दै जाँदा समस्या बढ्दै गएकाले यसबारे पुर्नविचार गर्न सरकार समक्ष आग्रह गरेको हो ।

संक्रमण भाइरसबाट बच्ने उपायहरुलाई कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने नाणाको धारणा छ । अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएकोले नाडाले बताएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले दक्षिण पूर्वी एशियाका केहि देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको बाताए । उच्च गतिमा संक्रमण बढीरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार नरहेको दुलालले जानकारी दिए ।

कडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको छ । आजको दिनमा लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका नाडाले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *