राष्ट्रिय सभाको नाम ‘हरूवा राहत सभा’ राख्न संग्रौलाको माग

काठमाडौं । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले राष्ट्रिय सभाको नाम ‘हरूवा राहत सभा’ राख्न सुझाव दिएका छन् ।

बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य बनाइएकोतर्फ इङ्गित गर्दै संग्रोलाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा यस्तो सुझाव दिएका हुन् ।

“प्रतिनिधि सभाको चुनाव हार्न मात्र जानेका नारायणकाजी–बामदेवलाई काँधमा बोकेर राष्ट्रिय सभामा उकालियो । नेकपाका बाँकी हरूवाहरूलाई पनि यसैगरी उकालौं । राष्ट्रिय सभाको नाम हरूवा राहत सभा राखौं । लोकतान्त्रिक जनमतको सम्मानमा यो नेकपाको अविस्मणीय योगदान ठहरिने छ । हरूवाहरूलाई चेतना भया ।”

चुनाव हारेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई सरकारले राष्ट्रिय सभा सदस्य बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *