२१ वर्षीय युवतीमाथि सामुहिक बलात्कार, दुई पक्राउ, तीन जना फरार

सिराहा । एक युवतीमाथि सामुहिक बलात्कार गरेकाे अभियाेगमा दुई जना पक्राउ परेका छन् ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न ३ जना फरार छन् । उनीहरूकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =