‘एउटै व्यक्ति दुई पटक संसद सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन’

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले एकै व्यक्तिलाई पटक–पटक संसदको सदस्य बनाउन संविधानले कतै व्यवस्था नगरेको बताएका छन् ।

डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा नियक्ति गर्ने बहस चलिहँदा आफ्नो आधिकारिक ट्वीटरबाट ट्वीट गरेका संविधानविद् आचार्यले यस्तो व्यवस्था संविधानले कहीँकतै नगरेको उल्लेख गरेका हुन् ।

“संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन ।” उनले लेखेका छन् ।

यस्तै उनले यो संसदीय अभ्यास समेत नभएको जिकिर गरेका छन् । ‘कसको स्वार्थमा पटक–पटक असफल भैसकेको व्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ ।’उनले प्रश्न गरेका छन् ।

अहिले नेकपाभित्र राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई लैजाने या खतिवडालाई पुनः दोहोर्‍याउने भन्नेबारे कुरा मिलिरहेको छैन ।

यही विषयमा विवाद हुँदा आज ११ बजेका लागि बोलाइएको सचिवालय बैठक दिउँसो ३ बजे बस्‍ने भन्दै सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *