नेपाल एयरलाइन्सले तोक्यो नियमित उडानको भाडादर

काठमाडौं । नेपाल एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।
वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिए अनुसार निगमले चार वटा गन्तव्यका लागि क्लासअनुसारको भाडा तोकेको जनाएको छ ।

पर्यटन मन्त्रालयका अनुसार अब विदेशी एयरलाइन्सहरुले पनि निगमको भन्दा बढी भाडादर राखे उडान अनुमती दिइने छैन । निगमले तोकेको भाडादर अनुसार विदेशी विमान कम्पनीहरुले पनि भाडादर राख्नुपर्ने छ ।
मन्त्रालयले बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिएको छ ।
‘हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएकोले निगमले निर्धारण गरेको भाडादरभन्दा बढी रकम तिरी कसैले पनि टिकट खरीद नगर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं । साथै उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सिट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्नेछ’ निगमले भनेको छ ।








