वडाअध्यक्षले दिए कर्मचारीलाई धम्की : नगरपालिकाको काम ठप्प

काठमाडौं । देवदह नगरपालिकाका वडा नं १२ का वडाअध्यक्षले नगरपलिकामा कार्यरत एक अधिकृतलाई धम्की दिंदा कर्मचारीहरुले कामकाज ठप्प गरेका छन् ।

नगरपालिकाकामा कार्यरत कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै वडाअध्यक्ष बाबुलाल यादवले नगरपालिकाको कार्यालयमा कार्यरत अधिकृत रमेश गिरीलाई अमर्यादित, अपशब्दसहित गालिगलौज गर्ने र धम्की दिने कार्य गरेको हुँदा उक्त कार्यप्रति आपत्ति जनाएका छन् ।

वडाअध्यक्षलाई कानुनी कारबाही नहुँदासम्म नगरपालिका र अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीले काम गर्न नसक्ने बताएका छन् । कर्मचारीहरुले वडाअध्यक्ष यादवलाई कारबाहीको दायरामा ल्याउन देवदह नगरपालिका र सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निजलाई कानुनी कारबाही नहुँदासम्म देवदह नगरपालिका र अन्तरगतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरुको कामकाज गर्ने मनोबल नै नभएको हुँदा निजलाई कानुनी कारबाहीको दायरामा ल्याउन नगरपालिका र सम्बद्ध सबैसँग अनुरोध गर्ने त्यतिञ्जेलसम्म कर्मचारीबाट हुने कार्यसम्पादन गर्न नसकिने व्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ ।’

विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =