सेमी अटोमेटिक पेस्तोलसहित ५ जना प्रहरी नियन्त्रणमा
२०७७ भदौ १७ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-४ कञ्चनपुरबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को ३२ प ७५२५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेकेा प्रहरीले जनाएकाे छ ।
२०७७ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








