प्रतिशोध साँध्ने उद्देश्यले नाम जोडिएको धरानका मेयरको प्रष्टोक्ति

धरान । भालुढुङ्गा सामुदायिक वनको सखुवाको रूख आफुले काटेको भन्ने समाचार भ्रामक रहेको धरान उपमहानगरपालिका मेयर तिलक राईले जिकिर गरेका छन् । केही व्यक्तिले प्रतिशोध साध्ने उद्देश्यले आफ्नो नाम जोडेको उनको भनाई छ ।

मेयर राईले आज विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् । ‘म नगर प्रमुखको संलग्नता र निर्देशनमा कोषाध्यक्ष भिम बस्नेतको उपस्थितीमा रूख काटिएको भन्ने कुरा भ्रामक हो ।’ मेयर राईले भनेका छन् ।

मेयर राईद्धारा जारी बिज्ञप्तीमा विष्णुपादुका आफ्नो गाउँ रहेको र त्यहाँ पुर्ख्यौली जग्गा जमिन अहिले पनि रहेकोले सायद मेरो उपस्थिती र आउजाउ कसैको लागी असहय हुन सक्छ भनेका छन् ।

हेर्नुहाेस

धरानका मेयरको ज्यादतिः आमालाई घर बनाईदिन जवरजस्ती सखुवाको रुख काटे

’केही दिन अगाडी त्यहिको केही व्यक्तिले मैले चढ्ने गाडीको सन्दर्भ झिकेर सरकारी गाडीको दुरूपयोग भनि सामाजिक सञ्जालमा दुष्प्रभाव समेत फैलाएका थिए । केही व्यक्तिले प्रतिशोध साध्ने उद्देश्यले नगरप्रमुख सँग समितिको कोषाध्यक्ष समेतको नाम जोडी चरित्र हत्यागर्ने उद्देश्यबाट यो विषय उठान भएको प्रष्ट हुन आउँछ ।’ विज्ञप्तीमा भनिएको छ ।

वन समितिको आन्तरिक अधिवेशन केही वर्षदेखि विविध कारणबाट नियमित हुन नसकेको भन्दै मेयरले यो आन्तरिक समस्या र कोषाध्यक्षसँगको पारिवारीक र व्यक्तिगत सम्बन्ध र आग्रह पूर्वाग्रह समेतलाई जोडी रिसिइबी साध्ने काम भएको जनाएका छन् ।

यता भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङले घर बनाउन काठ उपलब्ध गराईदिन भन्दै मेयर तिलक राईले आमाको नाममा समितिमा निवेदन दिएको र उक्त निवेदन अनुसार काठ दिने तयारी गर्दा गर्दै शनिबार आफैं आएर सखुवाको रुख काटेको दावि गरेका छन् ।

सामुदायिक वनभित्र अनाधिकृत रुपमा मेयर नै प्रवेश गरेर रुख काटेको हल्लाखल्ला भएपछि सोधखोज गर्दा मेयरले स्थानीय र उपभोक्ता समितिका सदस्यहरु विच नै आएर ‘नकाट्न हुने काटिइहालियो, गल्ती भयो, दिनुहुन्छ भने लैजान्छु दिनुहुन्न भने लग्दिन’ भनेर गएको बताएका थिए ।

उनले इलाका सब वन डिभिजन कार्यालय विष्णुपादुकामा किटानी निवेदन दिएका छन् । यता मेयरकै निर्देशनमा रुख काटिएको भन्दै कारवाहीको माग गर्दै हर्क साङपाङले समेत उजुरी दिएका छन् ।

इलाका सब वन डिभिजन कार्यालय विष्णुपादुकाले हिजो नै काटिएको रुखको स्थलगत अध्ययन गनुगमन गरेको थियो । उसले वन समितिका पदाधिकारी तथा स्थानीयसँग सोधपुछ गर्दा यकिन कुरा नआएको भन्दै समितिलाई नै रुख कसले काटेको यकिन गर्न पत्र पठाउने भनेको छ ।

याे पनि हेर्नुहाेस

रुख काटिएको बारे वन कार्यालयद्वारा अनुगमन, मेयरलाई कारवाहीकाे माग गर्दै उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *