नाग्म पहिरो: एकै परिवारका ४ सहित १० जनाको मृत्यु [अपडेट]

काठमाडौं । कालिकोटको तिलागुफा-१ नाग्ममा पहिरोले चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको हो ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू उनीहरु पुरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले मकालु खबरलाई जानकारी दिए । प्रजिअ गैरेका अनुसार एकै परिवारका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको ज्यान भएको छ । उनीहरु शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका थिए ।

यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि पहिरोले पुरिएर मृत्यु भएको हो ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *