काेराेना मृत्युदर बढ्दाेः एकैदिन १४ जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट आज (आइतबार) एकैदिन १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ महिला र १० पुरुषको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार कोरोना संक्रमणबाट सुनसरीकी ७४ वर्षीय, बाराकी ४७ वर्षीय, महोत्तरीको ६२ वर्षीय र काठमाडौंको ७२ वर्षीय महिलाको मृत्यु भएको हो ।

त्यस्तै सुनसरी (६० वर्षीय), मोरङ (६२ वर्षीय), महोत्तरीमा (७० वर्षीय) र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी रौतहट (३० वर्षीय), ललितपुर (२९ वर्षीय), भक्तपुर (६५ वर्षीय), नवलपरासी (६२ वर्षीय) र रुपन्देही ५७ वर्षीय र ६७ वर्षीय दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २२१ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *