लुम्बिनी प्रादेशिक अस्पतालमा थप कोरोना संक्रमितकाे मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ ।

उपचारका लागि भर्ना भएका बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको बिहान १२:३० बजे मृत्यु भएकाे हाे । मृतक मुटुरोग, मधुमेह र उच्च रक्तचापका राेगी समेत रहेकाे लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४:३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा उनीमा काेराेना पाेजेटिभ देखिएकाे हाे । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे ।

यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेकाे संख्या नौ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *