प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : ‘डा. गोविन्द केसीलाई अपराधीजस्तै व्यवहार गरिँदा डर लाग्दैन ?’

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीलाई अपराधीजस्तो व्यवहार गरिँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई डर लाग्नुपर्ने उल्लेख गरेका छन् ।

आफ्नो प्रमाणित र आधिकारिक ट्वीटर ह्याण्डलमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर ट्वीट् गरेका सांसद थापाले डा. केसीलाई गरिएको व्यवहारसँग प्रधानमन्त्री ओली डराउनुपर्ने उल्लेख गरेका हुन् ।

“ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकले के भन्लान् भनेर डर लाग्नुपर्ने होइन र ? जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन ।” सांसद थापाले उल्लेख गरेका छन् ।

यस्तै उनले जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँगको डर हुनुपर्नेसमेत उल्लेख गर्दै डर नभएको खण्डमा उसको हातमा नागरिक शासन सुरक्षित नहुनेसमेत प्रष्ट पारेका छन् ।

जुम्लामा बसेर ग्रमीण इलाकामा स्वस्थ्यसेवा गरिरहेका डा. केसीलाई प्रहरीले अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *