शनिबार उपत्यकामा थप १८६ संक्रमित थपिए

काठमाडौं । बाहिरी जिल्लासँगै काठमाडौं उपत्यकामा पनि संक्रमण बढिरहेको छ । आज (शनिबार) मात्रै उपत्यकाभित्र १८६ जना कोभिड १९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

पछिल्लाे २४ घण्टामा देशभर ८८४ जना संक्रमित थपिएका छन् भने ३१३ जना निकाे भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *