मकवानपुरकि कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

भरतपुर । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा ५ कि ४९ वर्षिय महिला हुन् ।

चितवन मेडिकल कलेजमा उपचाररत महिलाको शनिबार बिहान करिब ८ बजे तिर मृत्यु भएको हो । यो सँगै मकवानपुरका कोरोना संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

चितवन जिल्लाकै पनि ४ जना कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । बिहान मृत्यु भएकि महिलामा भदौ ८ गते कोरोना संक्रमण पुस्टि भएको थियो ।

हिजो शुक्रबार एकै दिन चितवनका विभिन्न अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । तीन जना मध्ये एक जन महिला मकवानपुरकै महिला थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *