युट्युवमा विश्वभर तहल्का मच्चाएको गीत हेर्नुभयो ?

एजेन्सी । यतिखेर युट्युवमा एक कोरियन पप गीतले तहल्का मच्चाएको छ । युट्युवको इतिहासमै यो गीतले अपलोड भएको २४ घन्टामै विश्व रेकर्ड कायम गर्न सफल भएको हो ।

कोरियन पप ब्याण्ड बीटीएसको पछिल्लो ट्र्याक डाइनामाइटको म्यूजिक भिडियो २४ घण्टामै १० करोड पटक हेरिने भिडियोको रुपमा दर्ज भएको छ । यो समाचार तयार गर्दा सम्म यस गीतले युट्युवमा २३ करोड ७६ लाख बढि भ्युज पाएको छ । अगष्ट २० मा प्रिमियर भएको गीत अझैसम्म युट्युवको नम्बर वानमा छ ।

विश्वभरका युवाहरुमाझ निकै लोकप्रिय भइरहेको के–पपको यो भिडियोले केवल २० घण्टाभित्र १० करोड भ्यूज बटुल्न सफल भएको छ ।

यसअघि युट्युवमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिएको भिडियोको रेकर्ड ब्ल्याक पिङ्कको नाममा रहेको थियो । जसको हाउ यू लाइक द्याट भिडियोले २४ घण्टामा आठ करोड ६३ लाख भ्यूज पाएको थियो ।

विश्वका युवामाझ कोरियन पप ब्याण्डहरु निकै लोकप्रिय छन् । यी कोरियन ब्याण्डका गीत युवाहरु निकै सुन्ने गर्छन् ।
कोरियन पप ब्याण्ड बीटीएसको नयाँ गीत डायनामाइट हिट हुनु अघि नै यो संभावना देखाइरहेको थियो । केही दिन अघि यो गीतको टीजर भिडियो रिलिज गरेकोमा उक्त भिडियाले पनि छ करोड २६ लाख भ्यूज पार गरिसकेको छ ।

२०२० एमटीभी भिडियो म्युजिक अवार्डमा बीटीएसलाई टीभीमा पहिलोपटक डान्स नम्बर प्रस्तुत गर्दै गरेको देखिएको थियो । जुन यही ३० अगस्टमा अन एयर हुनेछ । नेपालमा पनि कोरियन गीत संगित सुन्ने युवा पुस्ताहरुको संख्या धेरै छ । यो गीत नेपालमा पनि नम्बर १ मा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *