नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं घोषित

काठमाडौं । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं भएकी छन् । एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शोको तेस्रो सिजनको विजेता सज्जा भएकी हुन् । उनले पुरस्कार स्वरुप नगद ५० लाख प्राप्त गरेकी छन् ।

प्रतियोगिताको फस्ट रनरअप प्रविन वेडवाल भएका छन् । उनले नगद १० लाख पुरस्कार पाएका छन् । सेकेण्ड रनरअप भने किरण कुमार भुजेल भएका छन् ।

नेपाल आइडल सिजन ३ को प्रतिष्पर्धा चलिरहँदा टीमका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण प्रतिष्पर्धी, निर्णायक तथा निर्माण टीम नै आइसोलेसनमा बसेका छन् ।

भर्खरै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले विजेताहरुको घोषणा गरेका थिए । यस पटककाे नेपाल आइडलकाे ग्राण्ड फेनाले काेराेना संक्रमणकाे कारण दर्शक विना डिजिटल माध्यमबाट गरिएकाे थियाे ।

सज्जाले देशभरका चार हजार प्रतिष्पर्धीलाइ पछि पार्दै सिजन ३ काे उपाधि हात पारेकि हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *