‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । मोडल तथा नायक ओबी रायमाझी अभिनित गीत ‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक भएको छ । उनले मोडल अञ्जना कँडेलसँग अन स्क्रिन रोमान्स गरेका छन् । क्रान्ति केसीको निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन रहेको गीतको भिडियो जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अम्बिका गुरुङको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो डाकोन पिक्चरले निर्माण गरेको हो । भिडियो ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यस गीतलाई टिकटक प्रतियोगितामा राखिएको छ । भाद्र मसान्तसम्म जसको सबैभन्दा बढि टिकटक भिउज पुग्छ उसलाई २० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

क्रान्ति केसीकै निर्देशन रहेको ‘शुभ बिवाह लेखेको मिनि बस’ गीतबाट यो क्षेत्रमा आएका ओबीले ‘आज रुनु पर्यो धेरै…’ ‘लाहुर…’ ‘औँठी बेरुवाको …’ ‘आसि…’ ‘चिसो मैना पुसैको…’ ‘धौलागिरी हिमालको छाया…’ ‘शिन्दुर…’ ‘तिम्लाइ खुशी पार्न…’ ‘पिलि पिलि जुन्किरी…’ ‘तिमी हौ…’ लगायत थुप्रै गीत छन् ।

उनी यतिवेला सफल मोडल तथा म्युजिक भिडियोका चर्चित नायक बन्न सफल छन् । हालै तीज गीत ‘सोचे झै जिन्दगी रैनछ…’, ‘मायालु आजैलाइ…’, ‘नरोउ नरोउ निर्माया…’ बाट ओबीको लोकप्रियता अझ थपिएको छ । ओबीले पछिल्लो पटक आफ्नै स्वरमा ‘लहै लहै…’ भन्ने गीतमा स्वर पनि दिएका छन् ।

हेर्नुहाेस भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *