एकैदिन थपिए ९२७ संक्रमित, काठमाडौंमा मात्रै ३५० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ४१५ सहित देशभर ९२७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंका ३५०, भक्तपुरका ५४ र ललितपुरका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६९ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । जसमध्ये २० हजार २४२ जना उपचारपछि निको भइसकेका छन् । १६ हजार १९ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको पनि डा. गौतमले जानकारी दिए । क्वारेन्टिनमा ८ हजार ९३९ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *