अभिनेता राजेश हमालले ६ सय चलचित्र प्राविधिकहरुको कोरोना बीमा गरिदिने

काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकहरुको कोरोना बीमा गर्ने भएका छन् ।

हमालले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन प्राविधिक संघका उपाध्यक्ष विनोद लामालाई आग्रह गरेका छन् । उक्त नामावलीको लागि केही दिनमा संघका पदाधिकारीहरुको बैठक बस्दैछ ।

सोमबार अभिनेता हमालले आर्थिक अवस्था कमजोर रहेका १ सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने खबर बाहिरिएको थियो । प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले प्राविधिकहरुको कोरोना बीमाका लागि आग्रह गरेपछि हमाल सहमत भएका हुन् ।

अभिनेता हमालले ६ सय पविधिकहरुको कोरोना बीमासँगै आर्थिक अवस्था कमजोर रहेका केही प्राविधिकलाई आर्थिक सहयोग गर्ने पनि बचन दिएका छन् । राजेशले अधिकांश प्राविधिकसँग काम गरिसकेका छन् । त्यसैले पनि प्राविधिकहरुले हमालबाट ठूलो आशासमेत गरेका छन् । हमालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरुको मुहारमा खुशी छाएको छ ।

केही दिनपछि ६ सय जना प्राविधिकहरुको नामावली कोरोना बीमाका लागि राजेश हमालसमक्ष पुग्ने उपाध्यक्ष लामाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *