चर्चामा अमारुको ‘लजाएर’ (भिडियाेसहित)

काठमाडाैं । गायक अंकित अमारु श्रेष्ठको आवाजमा तयार भएको गीत हो ‘लजाएर’ । युट्युबमा आएको केही दिनमै टिकटकमा समेत चर्चामा आएकाे याे गीत सामाजिक सञ्जालमा पनि भाइरल बनेकाे छ ।

गीतमा शैलेश गिरीको शब्द, सुजन चापागाईं ‘आरोह’ को संगीत र रिकेश गुरुङ कीजको एरेन्ज रहेको छ । केहि समय अगाडी सार्वजनिक भएको यो गीतको अफिसियल म्युजिक भिडियो भने अझै सार्वजनिक भएको छैन ।

हाल यस गीतको लीरिकल भिडियो मात्र सार्वजनिक गरिएको हो । गीतको शब्द संगीत निकै नै मन छुने खालका छन् भने गायक अंकित अमारु श्रेष्ठको स्वरले छुट्टै जादु छरेको छ । गीतको अफिसियल भिडियो भने केहि समयपछि बनाउने तयारीमा रहेको गायक अंकितले जानकारी दिए ।

गायक अंकित भ्वाइस अफ नेपालको पहिलो सिजनबाट धेरै दर्शकको नजरमा पर्न सफल भएका गायक हुन् । बिचमा केहि समय हराएका उनी नयाँ र दमदार प्रस्तुति लिएर दर्शक माझ पुनः उदाएका हुन् । उनले आफ्नो प्रस्तुति हेरेर, सुनेर प्रतिक्रिया दिन समेत सबैसँग अनुरोध गरेका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *