डुएल डान्स प्रतियोगिता २०२० आयोजना हुँदै

काठमाडाैं । अमेरिकामा स्थापित ड्रिमर्सको ग्रुपको प्रस्तुतिमा ‘डुएल डान्स प्रतियोगिता २०२०’ को आयोजना हुने भएको छ । ड्रिमर्सको ग्रुपका अध्यक्ष कविता अहङ्कारीले दिएको जानकारी अनुसार प्रतियोगतामा भाग लिनको लागि फर्म भर्ने मिति सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म रहेको छ ।

यस्तै कार्यक्रमको मुख्य प्रायोजक क्रिएटिभ भुटनीज नेपाली सोसाइटी रहेको छ । यस्तै आयोजक पक्षको अनुसार यस प्रतियोगितामा हरेक उमेर समूहको व्यक्तिहरुले भाग लिन पाउनेछन् ।

यस प्रतियोगितामा भाग लिन जोडी हुनु आवश्यक छ तर जोडीमा महिला र पुरुष नै हुनुपर्छ भन्ने चाहीँ छैन । यस्तै यस प्रतियोगितामा निर्णायकको रुपमा सारंगा श्रेष्ठ, नन्दिता केसी र डम्बर भट्टराई रहने कुरा पनि अध्यक्ष कविता अहङकारीले जानकारी दिइन् । यस्तै कार्यक्रम संचालनको जिम्मा भने बिनोद गुरुङ र कविता अहङकारीले नै लिनेछन् ।

कार्यक्रमको बारेमा पूर्ण जानकारी भने केहि समयमा सार्वजनिक गर्ने अध्यक्ष अहङकारीले बताइन् । उनका अनुसार विदेशी भूमिमा नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतु र नयाँ पुस्ता माझमा नेपालको पहिचान चिनाउने हिसाबले यस कार्यक्रमको आयोजना गर्न लागिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *