मिलन चाम्सकाे निर्देशनमा बनेकाे गीतमा आँचल र दयाहाङकाे राेमान्स (भिडियाेसहित

काठमाडाैं । चर्चित फिल्म निर्देशक मिलन चाम्सको निर्देशनमा बनेकाे ‘त्यो तिमी हउ’ बोलको गीति भिडियाे युट्युबकाे ट्रेन्डिङमा पर्न सफल भएकाे छ । युट्युबमा रिलिज भएकाे तीन दिनमै ट्रेन्डिङ ३३ पर्न सफल भएकाे हाे ।

यो समाचार तयार पार्दै गर्दासम्म युट्युबमा यस भिडियोलाई ४ लाख ९७ हजार बढी दर्शकले हेरिसकेका छन् भने एक हजार बढीले प्रतिक्रिया जनाएका छन् । निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार समेत प्रकट गरेका छन् ।

राजेश पायल राईको एकल स्वरमा तयार भएको यस गीतको शब्द रचना निर्मला राई ‘परिवेश’ ले गरेकी हुन् । निर्मला लामो समयदेखि नेपाली गीत संगीतमा सफल गीतकारको रुपमा परिचित छिन् । उनको थुप्रै सफल गीत बजारमा आइसकेको छ ।

त्यसैगरि यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । महाराज थापाले यस गीतको एरेन्ज गरेका हुन् ।

गीतको भावलाई बुझेर निर्माण पक्षले गीतको भिडियो अझ बढी आकर्षक बनाएका छन् । भिडियोमा प्रयोग भएको लोकेशन र त्यसमा कलाकार दयाहाङ राई र आँचल शर्माको जोडीले सुनमा सुगन्ध थपेको छ । सुदिप बरालको छायांकन रहेको भिडियोमा प्रज्ज्वलित पराजुलीको सम्पादन रहेको छ । भिडियोको सह-निर्देशकको रुपमा गिरीराज घिमिरे रहेका छन् ।

भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *