‘सिन्धुलीको जुनारै रसिलो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको ‘सिन्धुलीको जुनारै रसिलो’ लोक दोहोरि गीत सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट आज (आइतबार) दिउँसो उक्त गीतीभिडियाे सार्वजनिक भएको हाे ।

शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन र कुमार पुन सानुको मास्टरिङ रहेको साे गीत शंकरा डिजिटलमा रेकर्डिङ गरिएको हो ।

गीतमा सन्जिव ठकुरिको निर्देशन तथा करियोग्राफि रहेको छ भने ठकुरि स्वयम फिचर्ड छन् । उनकाे साथमा आयुष्मा कार्कीकाे अभिनय रहेको छ । भिडियाे प्रकाश खड्काको छायांकन र पदम सुवेदिले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *