बराह ज्वेलरी २६ औं वर्षमाः विभिन्न निकायलाई स्वास्थ्य सामग्री वितरण

धरान । पूर्वको धरानमा स्थापना भएर छोटो समयमै अन्तराष्ट्रिय स्तरमा पुग्न सफल ब्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. स्थापनाको २६ औं बर्षमा प्रवेश गरेको छ ।

आजबाट बराह ज्वेलरी २६ औं बर्षमा प्रवेश गरेको हो । कम्पनीले गत बर्ष २५ औं बार्षिकोत्सव एवं रजत जयन्ती भव्यताका साथ सम्पन्न मनाएकोमा यो वर्ष कोरोना महामारीका कारण वार्षिकोत्सव मनाउन सकेन । तथापि, कम्पनीले आज धरानमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई बोलाएर स्वास्थ्य सुरक्षा सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

आज बिहान बराह ज्वेलरीको धरान कार्यालयमा आयोजित कार्यक्रममा संस्थाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी वल फुस्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान, र नेपाल पत्रकार महासंघ सुनसरीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई रहेका थिए । कार्यक्रममा उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी समेतको सहभागितामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
बराहले संस्था र ग्राहकहरुसमेतलाई गरि मास्क १५२६ पिस, पञ्जा १५२६ पिस र सेनिटाइजर ५२६ पिस वितरण गरेको छ ।

बराह ग्रुपका सञ्चालक मानबहादुर विश्वकर्माले यो वर्ष कोरोना भाइरसको महामारीका कारण विगतमा जस्तो भब्यताका साथ वार्षिकोत्सव मनाउन नसकिएपनि कोरोना महामारीसँग फ्रन्टलाइनमा रहेर काम गरीरहेका सुरक्षा, स्वास्थ्य र सञ्चारक्षेत्रका निकायहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने काम भएको बताए । उनले संस्थाले हरेक वर्ष आर्जन गरेको नाफाको केही प्रतिशत सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक क्षेत्रमा खर्च गर्ने गरेकोले सोहि अनुरुप स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

‘बराहले व्यवसायीक नाफा घाटा मात्र हेर्दैन, हामीले स्थापनाकाल देखि नै कमाएको निश्चित प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने योजना बनाएका छौं ।’ सञ्चालक विश्वकर्माले भने ।

बार्षिकोत्सवमा बराह डिपार्टमेन्ट स्टोरबाट वितरण गरिने आर्थिक बर्ष २०७६/०७७ को बराह उपहार योजना तथा १ जना भाग्यशाली ग्राहकलाई यामाहाको एफजेट १५० सिसिको मोटरसाइकल तत्काल वितरण गर्न नसकिएपनि परिस्थिति सहज भएपछि वितरण गरिने बताइएको छ । ‘यो वर्ष हाम्रा भाग्यशाली ग्राहकलाई उपहार तथा पुरस्कार वितरण गर्न सकिएन । त्यसलाई परिस्थिति सहज भएपछि वितरण गर्नेछौं ।’ उनले भने ।

बराहले कोरोना महामारीका कारण मुलुक नै लकडाउन भएको अवस्थामा सुरक्षाका सबै उपाय अपनाएर ग्राहकहरुलाई घरघरमै दैनिक उपभोग्यका सामग्रीहरु विशेष छुटको साथमा विक्रि वितरण गरीरहेको छ । जसका लागि होम डेलीभरीको समेत व्यवस्था गरेको छ ।

२०५२ भदौ ५ गते स्वर्गीय इन्द्रकुमार लामिछानेले धरानबाट शुरु गरेको बराह अहिले काठमाडौं, पोखरा, चितवनलगायतका शहरमा स्थापित भइसकेको छ । यसका अलावा बराहले परम्परागत स्वदेशी सुनचाँदी र हिरा जडित गरगहनालाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । बराहले हङकङ, बेलायत, युएईलगायत देशहरुका प्रमुख शहरमा पनि आफ्नो विस्तार गरिसकेको छ । बराह ज्वेलरीबाट उत्पादित गरगहना आइएसओ मान्यता प्राप्त रहेका छन् ।

बिजी ग्रुप अन्तरगत बराहले सहकारी, कृषि, पर्यटन, होटल, सहकारी, यातायात, रेमिट तथा गीत संगित जस्ता एक दर्जन बढि क्षेत्रमा लगानी गर्दै आइरहेको छ भने, बराहमा प्रत्यक्ष, अप्रत्यक्ष ३ हजार जनशक्तिले रोजगारी पाइरहेका छन् ।

सामाजिक क्षेत्रमा बराह

बराहले हरेक वर्ष निश्चित नाफाको प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । स्थानीय तहमा हुने विभिन्न सामाजिक, सांस्कृतिक तथा स्वास्थ्यगत कार्यक्रमहरुमा बराहले आर्थिक, भौतिक सहयोग गर्दै आइरहेको छ । सञ्चार क्षेत्रको वृत्ति विकास र भौतिक विकासमा बराहले गरेको कार्य उदाहरणीय रहेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको भवन निर्माण र स्थानीय पत्रकारलाई प्रोत्साहन गर्ने गराउने कार्यमा बराहले पुरस्कार तथा सम्मान समेत गर्दै आइरहेको बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले बताए ।

कोभिडको उपचारमा पनि सहयोग

बराहले बर्तमान अवस्थामा मुलुक कोरोना संक्रमणको महामारीमा जुधिरहेको बेला आफ्नो तर्फबाट राज्यलाई पनि सहयोग गरेको छ । बराहको काठमाडौं, पोखरा, चितवन र धरानका डाइरेक्टर एवं कर्मचारीहरुकोतर्फबाट १९ लाख रकम संकलन गरेर संघीय सरकारको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा ६० प्रतिशत र स्थानीय सरकारको राहत कोषमा ४० प्रतिशत रकम हस्तान्तरण गरेको छ ।

हाल बराहका संस्थापक इन्द्रबहादुर लामिछानेको निधन पश्चात कम्पनीलाई उनका छोरा गायक शिव लामिछानेले नेतृत्व गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *